एेना कथा संग्रहले पायो मदन पुरस्कार

402

धनगढी, असोज ४-

 

रामलाल जोशी ।
रामलाल जोशी ।

कैलालीको धनगढीमा बसेर साहित्य कर्म गर्दै आएका रामलाल जोशीको एेना कथा संग्रहले मदन पुरस्कार प्राप्त गरेको छ । मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कारमा जोशीको ऐना कथा संग्रहलाई छानेको हो । यस्तै गुठीले लीलबहादुर क्षेत्रीलाई जगदम्बा श्री पुरस्कार दिने निर्णय गरेको छ । दुवै पुरस्कारको राशि दुई-दुई लाख रुपैयाँ रहेको छ ।

यस अघि सात वटा पुस्तक मदन पुरस्कारको श्रेष्ठ सूचीमा छानिएका थिए । श्रेष्ठ सूचीमा परेका पुस्तकहरुमा भुवनहरी सिग्देलको आमोई, रामलाल जोशीको ऐना, नीलम कार्की निहारिकाको चिरहरण, घनश्याम खड्काको निर्वाण, सरिता तिवारीको प्रश्नहरुको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी किशोरको सिमानाका रङ्ग सिमानाका तरङ्ग थिए ।

Ramlal-Joshi-Aina

 

एेना कथा संग्रहका लेखक रामलाल जोशी  डोटी जिल्लाको कानाचौरबाट ०५० सालमा धनगढी झरेका हुन् । जिल्लास्थित पञ्चोदय उमाविमा नेपाली विषयका शिक्षकसमेत रहेका जोशी यहाँ हुने साहित्यिक कार्यक्रममा जानेअाउने क्रममा शिक्षण पेसासँगै साहित्य सिर्जनामा पनि रमाउँदै आएका थिए । पछिल्लो समय जिल्लामा हुने प्रत्येक साहित्यिक कार्यक्रममा जोशीको उपस्थिति हुने गर्दछ । जोशीले पहिलो कृति ०५७ सालमा गजलसंग्रह ‘हत्केलामा आकाश’ प्रकाशनमा आएको थियो भने ‘ऐना’ उनको दोस्रो कृति हो ।

Womui
Womui