निजी स्कुलमा बम राख्नेको व्यापक खोजी, घटनामा संलग्न तीनको पहिचान

56

काठमाडौं, असोज ४-

काठमाडौं उपत्यकाका ९ विद्यालयहरुमा बम विष्फोट गराउने थप तीन जनाको पहिचान भएको प्रहरीले जनाएको छ । काठमाडौं परिसरका एसपी प्रद्युम्न कार्कीले मंगलबार बिहान पक्राउ परेका दुईजना बाहेक थप तीन जनाको पहिचान भएको जानकारी दिएका दिएका छन् । उनका अनुसार पहिचान भएका भनिएका अझै पक्राउ भएका छैनन् । राजनीतिको नाममा आतंक सिर्जना गरेर पैसा असुल गर्ने समूहले बम विष्फोट गराएकाले कारवाहीको दायरामा ल्याउन कडाइका साथ अनुसन्धान भइरहेको एसपी कार्कीले बताए । घटनालगत्तै प्रहरीले विशेष तालिमप्राप्त कुकुर परिचालित छन् । उनीहरुले सार्बजनिक सवारी साधन तथा शंकास्पद स्थानमा कुकुरसहित खोजी अभियानलाई जारी राखेका छन् । घटनामा संलग्न अभियुक्तहरुलाई लक्षित गरी उपत्यका छिर्ने नाकाहरुमा प्रहरी उपस्थिति बलियो बनाइएको छ । त्यस्तै होटल र बसपार्कमा पनि निगरानी बढाएको एसपी कार्कीले बताए ।

Womui
Womui