विद्यालयमा बमको राख्नेलाई कडा कारबाही नगरे आन्दोलनःहिसान,प्याब्सन, एनप्याब्सन

50

काठमाडौं, असोज ४-

विद्यालय क्षेत्रमा बमको आतंक फैलिएको भन्दै घटनामा संलग्नहरुलाई तत्काल कडा कारवाही नगरिए संयुक्त रुपमा आन्दोलनमा उत्रिने हिसान, प्याब्सन र एन प्याब्सनले चेतावनी दिएको छ । बम राखिएका विद्यालयहरुको स्थलगत अवलोकन गर्दै संगठनका प्रमुखहरुले संयुक्त प्रेस विज्ञप्ति निकालेर विद्यालयमा बमको आतंक फैलाउनेलाई कडा कारबाहीको माग गरेका हुन् ।

शान्ति क्षेत्रमा बम आतंक हुनुमा राज्यको कमजोरी भएको उनको आरोप लगाउँदै हिसानका अध्यक्ष रमेश सिलवालले यस्ता घटना नियन्त्रण गर्न राज्य गम्भीर नबने कडा आन्दोलनमा उत्रिने चेतावनी दिए । त्यस्तै, प्याब्सनका अध्यक्ष लक्ष्यबहादुर केसीले  बम आतंकका कारण विद्यार्थी र अभिभावक मनोवैज्ञानिक रुपमा त्रसित भएको भन्दै  शान्ति क्षेत्रको रुपमा रहेका विद्यालयमा यस्ता घटना हुनु दुखद भएको धारणा राखेका थिए ।  विद्यालयमा यस्ता घटना घट्नुमा शिक्षा मन्त्रालय दोषी रहेको आरोप एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले लगाए ।

यसैबीच, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्कुलमा बम राख्नेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरेको छ।

मंगलबार विज्ञप्ति जारी गर्दै बम राख्नु क्रुर तथा आतंककारी क्रियाकलाप भएको उल्लेख छ ।

 

Womui
Womui