भारत भ्रमणले आफ्नै पार्टीभित्रै आलोचित बने प्रधानमन्त्री

101

काठमाडौं, असोज ४-

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले जारी गरेको संयुक्त वक्तव्यले भारत भ्रमण फलदायी भएको बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल आफ्नै पार्टीभित्रै आलोचित बनेका छन्। पार्टी केन्द्रीय कार्यालयको बैठकमा सोमबार आफ्नो भारत भ्रमण फलदायी भएको भन्दै आफैलाई गौरवान्वित महसुस गरेका प्रधानमन्त्री दाहाललाई उनकै पार्टीका नेताहरूले आजको बैठकमा जमेर आलोचना गर्ने तयारी भइरहेको छ । अन्तर्राष्ट्रिय मुद्दाहरूमा भारतसँग गठबन्धन बनाएर अन्य अन्तर्राष्ट्रिय समुदायलाई चिढ्याउन खोजेको, संविधान निर्माण गर्ने विषयलाई संयुक्त वक्तव्यमा राखेर भारतलाई आन्तरिक राजनीतिमा प्रवेश गराउन खोजेको, नेपालमा निर्माण भएका परियोजनाको संयुक्त निगरानी गरेर भारतीय हस्तक्षेप बढाएकोजस्ता आरोप लगाएर प्रधानमन्त्री दाहालमाथि नेताहरूले खनिने तयारी भएको एक नेताले बताए । प्रधानमन्त्री दाहालले सोमबार बैठकमा आफ्नो भारत भ्रमणका सफलताका कथा सुनाइसकेपछि अर्थमन्त्री कृष्णबहादुर महरा र ऊर्जामन्त्री जनार्दन शर्मा ‘काम पर्‍यो’ भन्दै उठेर हिँडेका थिए । प्रधानमन्त्री दाहालले आफ्नो पनि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जानकारी गराएपछि बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको हो ।

Womui
Womui