संविधान संशोधनमा सहमति जुटाउने पक्षमा माओवादी

85

काठमाडौं, असोज ४–
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड मधेसी, थारूलगायतले उठाउँदै आएका सीमांकनलगायतका मुद्दामा लचिलो बनेर संविधान संशोधनको सहमति जुटाउने पक्षमा छन् । कतिसम्म लचिलो बन्न सकिन्छ भन्नेबारे उनले पार्टी नेताहरूसँग छलफल गरिरहेका छन् । मंगलबार बिहान बस्ने केन्द्रीय कार्यालय बैठकमा यसबारे थप छलफल हुँदैछ । सीमांकनबारे दलहरूबीच विवादित झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुर जिल्ला कता रहने भन्ने विषयमा ‘संघीय आयोग’ बनाएर आयोगले दिएको प्रतिवेदनका आधारमा टुंग्याउनेबारे माओवादीमा छलफल चलेको छ ।

Mawobadi office

५ नम्बर प्रदेशका पहाडी जिल्लालाई ४ नम्बरमा समेट्ने गरी संशोधन गर्न सकिने धारणा पनि माओवादीको रहेको स्रोतको भनाइ रहेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । संविधानअनुसार ६५ सदस्यीय राष्ट्रिय सभा गठन हुँदा अहिले संविधानमा उल्लेखित प्रत्येक प्रदेशबाट आठ सदस्य प्रतिनिधित्व हुने व्यवस्थामा केही लचिलो बन्न सकिनेमा माओवादी छ । यसो गर्दा प्रत्येक प्रदेशबाट तीनजनाका दरले प्रतिनिधित्वको व्यवस्था गर्ने र अन्य संख्यामा जनसंख्याको आधारमा प्रतिनिधित्व गराउन सकिनेमा माओवादी छ ।

Womui
Womui