पाँच सय ३७ जना कैदीको बाँकी कैद मिनाहा

31

काठमाडौं, असोज ३-
सरकारले संविधान दिवसका अवसर पारेर विभिन्न जेलमा रहेका ५३७ जना कैदीको बाँकी कैद माफी मिनाहा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ४० प्रतिशत कैद मिनाहा गरिसकेको र आचरण सुधार गरेका कैदीको कैद मिनाहा गर्ने निर्णय गरेको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । उनीहरुको नाम आज सार्वजनिक गरिदैछ । यसैगरी बैठकले गृह मन्त्रालयका सहसचिव विनोद केसीलाई सचिवमा र अर्थ मन्त्रालयका सहसचिव कृष्ण देवकोटालाई कामु सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । विभिन्न सरकारी उद्योगलाई सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने, नेपाल औषधि लिमिटेडलाई सरकार आफैंले सञ्चालन गर्ने विषयमा बैठकमा सैद्धान्तिक सहमति भएको उपप्रधानमन्त्री महराले जानकारी दिए ।

Womui
Womui