अजय फुयाललाई एआईपीएस एसिया खेलकुद पत्रकार सम्मान

74

काठमाडौं, असोज ३-
नेपाल खेलकुद पत्रकार मञ्चका निवर्तमान अध्यक्ष अजय फुयाल एसियाली खेलकुद पत्रकार संघ (एआईपीएस एसिया) बाट सम्मानित हुने भएका छन् । गत साउनमा काठमाडौंमा भएको एआईपीएस एसिया कार्यसमिति बैठकले सम्बन्धित सदस्य देशका खेल पत्रकार संघको सिफारिसअनुसार एसियाका चर्चित खेल पत्रकारलाई ‘एआईपीएस एसिया खेलकुद पत्रकार सम्मान’ दिने निर्णय गरेको थियो । त्यसअनुसार पहिलोपल्ट आयोजना हुन लागेको सम्मानको लागि एआईपीएस एसियाका ४६ सदस्य देशका खेलकुद पत्रकार संघले एक–एक जनालाई सिफारिस गरेका थिए ।

Ajaya Fuyal

त्यसमध्ये उत्कृष्ट २५ मा छनोट भएपछि फुयाल सम्मानित हुने भएका हुन् । खेल पत्रकारितामा १५ बर्ष बढी कलम चलाइसकेका फुयाललाई नेपाल खेलकुद पत्रकार मञ्चले सम्मानको लागि मनोनयन गरेको थियो । उनी हाल नागरिक दैनिकमा आवद्ध छन् । एआईपीएस एसिया खेलकुद पत्रकार सम्मान समारोह ‘एसियाली खेलकुद पत्रकार दिवस’ (२२ जुलाई) को अवसरमा दिने कार्यक्रम छ । तुर्कमेनिस्तानको अश्गबातमा सेप्टेम्बर १९–२५, २०१६ मा हुने कार्यक्रममा सहभागी हुन फुयालसहित एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी, नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव प्रकाश तिमल्सिना र सचिव प्रज्वल ओली आइतबार तुर्कमेनिस्तान प्रस्थान गरेका छन् ।

Womui
Womui