संविधान जारी भएको एक वर्ष पुरा

195

काठमाडौं, असोज ३–
संविधान जारी भएको एक वर्ष पूरा भएको छ । संविधान सभाबाट २०७२ असोज ३ गतेका दिन संविधान जारी भएको थियो । एक वर्ष पुरा भएको अवसरमा सरकाले विशेष कार्यक्रम गरी संविधान दिवस मनाउँदै छ । संविधान दिवस मूल समारोह समितिले बिहान सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट पदाधिकारीहरूको उपस्थितिमा एक विशेष कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रममा विशिष्ट पदाधिकारीको उपस्थितिपछि नेपाली सेनाको हेलिकोप्टरबाट संविधान दिवस २०७३ अंकित ब्यानर प्रदर्शन, पुष्पवृष्टि र बेलुन उडाउने, राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशबाट शान्तिका प्रतीक परेवा उडाउने, सेना, प्रहरी, स्काउट र विद्यार्थीको मार्च पास गर्नेलगायतका कार्यक्रम गरिदैछ ।

Constitution 2072 Declaration-Pic

उता, मधेसकेन्द्रित दलले भने संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउने जनाएका छन् । संविधान जारी भएको अवसरलाई सरकारले तीन दिन कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । जसअनुरुप संसदले आइतबार विशेष कार्यक्रम गरी संविधान दिवस मनाएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रको अग्रसरतामा संविधान जारी हुँदा तराई मधेसकेन्द्रित दलले भने हस्ताक्षर गरेनन् । ती दल प्रदेश सीमांकनमा असन्तुटि जनाउँदै आन्दोलनमा होमिएका थिए । संविधान जारी भएसँग आन्दोलन चर्किदै गयो । जसका कारण नेपाली जनाताले लामो समय भारतीय नाकाबन्दीको सामना गर्नुपरेको थियो । संविधानसभाका करिब ९० प्रतिशत सदस्यले हस्ताक्षर गरेको संविधान कार्यान्वयन तराई मधेसकेन्द्रित दलको असन्तुष्टि कारण अझै चुनौतिपूर्ण देखिएको छ ।

Womui
Womui