सप्तकोसीमा डुंगा पल्टियो, ३७ जनाको उद्दार

40

इटहरी, असोज १-
सुनसरीको श्रीलंका टापुबाट कोसी पूर्वको प्रकाशपुर राजावास आउँदै गरेको डुंगा सप्तकोसीमा पल्टिएको छ । ३७ जनाको उद्दार गरिएको छ भने केही बेपत्ता भएको प्रहरीले जनाएको छ । करिव ४५ जना यात्रु सवार रहेको सो डुंगा सप्तकोसीमा पल्टिएको सुनसरीका डिएसपी विनोद घिमिरेले जानकारी दिए ।

उद्दारको लागि ६ वटा ढुंगा र १ वटा मोटरवोट परिचालन गरिएको छ। पानी परेको कारणाले पनि उद्दारमा कठिनाई भएको प्रहरीले जनाएको छ । कोसीको पूर्व भंगालोबाट दुई किलोमिटरको दूरीमा एउटा बस्ती छ त्यसैलाई श्रीलंका टापु भनिन्छ । सो बस्तीको पश्चिमतर्फ भागलपुर खोला छ । सो बस्तीबाट पूर्व आउनलाई डुंगा चढ्नुको विकल्प छैन ।

Womui
Womui