प्रथम संविधान दिवस मनाउने भव्य तयारी

44

नेपालगन्ज, असोज १-
प्रथम संविधान दिवस बाँकेमा भव्य रुपले मनाइने भएको छ । उक्त कार्यक्रमको लागी तयारी भइरहेको छ । यहि असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरिएको हो । संविधान दिवस मनाउन स्थानीय विकास अधिकारी जीवलाल भुसालको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । समितिको बैठकले दिवसको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । असोज ३ गते बिहान ५ बजे जिल्ला विकास समिति बाँकेमा कार्यक्रम तय गरिएको छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि बैठकले सरकारी कर्मचारी लगायत सबैमा हार्दिक आग्रह समेत गरेको छ । बैठकले तीन दिन सम्म कार्यक्रम गर्ने निर्णय गरेको संयोजक जीवलाल भुसालले जानकारी दिए । दिवसको अवसरमा २, ३ र ४ गते घर, सरकारी तथा गैर सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा दिपावली गर्ने, ३ गते विचार गोष्ठी, खुल्ला रक्तदान, निःशुल्क रगत सहयोग, सरसफाई लगायत कार्यक्रम तय गरिएको छ । दिवसको अवसरमा रक्तसञ्चार केन्द्रले गरिब तथा असहाय बिरामीलाई निशुल्क रुपमा रगत सहयोग गर्ने भएको छ । यसैगरी नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा संविधान दिवसका अवसरमा रेडियो संवाद कार्यक्रम सञ्चालन गरिने भएको छ ।

Womui
Womui