बाँकेबाट रारा सम्मको यात्रा सुरु

69

नेपालगन्ज, असोज १–
सरकारले घुमफिर वर्ष मनाइरहेका बेला मध्यपश्चिम क्षेत्रको पर्यटन प्रर्वद्धनको पहल थालिएको छ । पर्यटन प्रर्वद्धनका लागि भन्दै एक टोली राजधानीबाट मध्यपश्चिम क्षेत्रमा आइपुगेको छ । नेपाल पर्यटन बोर्डको सहयोग र सोसाइटी अफ ट्राभल एण्ड टुर्सको अगुवाईमा २२ सदस्यीय टोली पश्चिम मध्यपश्चिम आएको हो । टोलीले शुक्रबार बाँकेको चिसापानीस्थित गाभर भ्याली होमस्टेबाट औपचारिक रुपमा यात्रा सुरु ग¥यो । उक्त टोलीमा पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री एवम् एमाले सांसद बलबहादुर महत, नेकपा एमाले पर्यटन विभाग प्रमुख सुर्यबहादुर थापा, चिसापानी पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष भिम केसी, पर्यटन बोर्डका कर्मचारी, सञ्चारकर्मी लगायत २२ जना सहभागी छन् ।

Tour of Turrisium

उक्त टोली बाँके, बर्दिया हुदै दैलेख, कालिकोट, जुम्ला र मुगुको रारा पुगेर फर्किने कार्यक्रम रहेको छ । पर्यटन प्रर्वद्धनका लागि टोली आउनुले यहाँको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने समितिका अध्यक्ष भिम केसीले बताए । गाभर भ्यालीमा आयोजित कार्यक्रममा थापाले पश्चिम क्षेत्रको पर्यटन प्रर्वद्धन गर्नमा टेवा पुग्ने विश्वास गरेका थिए । बाँके आइपुगेको टोलीलाई गाभर भ्याली होमस्टे व्यवसायी समितिका अध्यक्ष कृष्ण चौधरी, बाँके राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत लगायतले विदाई गरे । टोली शुक्रबार बर्दिया राष्ट्रिय निकुन्ज प्रस्थान गरेको बताइएको छ ।

Womui
Womui