जेहेन्दार छात्रालाई छात्रवृत्ति वितरण

91

नेपालगन्ज, असोज १-
नेपालगन्जमा नर्सिङ क्याम्पसकी एक छात्रलाई छात्रवृत्ति प्रदान गरिएको छ । मुरारी बहादुर क्षेत्री स्मृती प्रतिष्ठानले नेपालगन्जमा एक कार्यक्रम आयोजना गरेर छात्रा पे्रेरणा थापालाई छात्रवृत्ति प्रदान गरेको हो । नर्सिङ क्याम्पसको पिसिएल दोस्रो वर्षमा अध्ययनरत बाजुरा कैलासमाण्डौं–६ निवासी थापालाई ६८ हजार ३ सय ६० नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । प्रतिष्ठानले विगत तीन वर्षदेखि नर्सिङ पढ्ने जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

प्रतिष्ठानले हरेक वर्ष १ जना नर्सिङ छात्रालाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम अनुसार यसवर्ष थापा छनोटमा परेकी हुन् । स्मृती प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा क्याम्पस प्रमुख कल्पना पौडेलले आफ्नो छात्राले छात्रवृत्ति पाएकोमा खुसी भएको बताईन् । कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै केदार कोईरालाले मुरारीबहादुर क्षेत्री समाजसेवी र उदारवादी सोच भएका व्यक्तिका रुपमा आफुलाई स्थापित गरेको बताए । प्रतिष्ठानका अध्यक्ष गम्भिरकुमारी क्षेत्रीले छात्रवृत्तिले पढाईमा हौसला प्रदान गर्नुका साथै भविष्यमा पढेर बिरामीहरुको भरपुर सेवामा लाग्न विद्यार्थीहरुलाई हौसला प्रदान गरेको बताईन् ।

Womui
Womui