प्रेस सेन्टरको प्रदेश सम्मेलनबाट पदाधिकारी निर्विरोध चयन

43

नेपालगन्ज, भदौ ३०–
प्रेस सेन्टर नेपालको प्रथम प्रदेश सम्मेलनले मौसम रोकाको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तुफान अधिकारी, समावेशी उपाध्यक्षमा शिव सुनार, सचिवमा गणेश ओली, खुल्ला सह–सचिवमा प्रदीप वाग्ले र शीतल थापा, महिला सह–सचिव गीता खनाल, दलित सह–सचिव रक्तिम दैलेखी, मधेसी सह–सचिव राजेश चौधरी, जनजाति सह–सचिवमा सरु राना र कोषाध्यक्षमा दिपा घर्ती लगायत २४ सदस्यीय कार्यसमिति पदाधिकारी निर्वाचित भएका हुन् ।

Press_Centar[1]

सम्मेलनको उद्घाटन शत्रमा नेकपा माओवादी केन्द्रका नेता एवम् पुर्व अर्थमन्त्री वर्षमान पुन, नेता महेश्वर गहतराज, नेपाल प्रेस युनियनका केन्द्रिय उप–महासचिव प्रेम केसी, प्रेस सेन्टर नेपाल प्रदेश नम्वर ५ का इन्चार्ज सचिन रोका, नेपाल पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष विश्वराज पछ्ल्ड्ङग्या लगायतले शुभकामना मन्तव्य दिएका थिए । सम्मेलनको उद्घाटन शत्रमा बोल्ने अधिकांस बक्ताले पत्रकारिता क्षेत्रमाथि विभिन्न चुनौती रहेको धारणा राखेका थिए ।

Womui
Womui