कार्की नियुक्ति फाइल सार्वजनिकको माग गर्दै काठमाडौंमा प्रदर्शन

154

काठमाडौं, भदौ ३०–
अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्ति फाइल सार्वजनिक गर्न माग गर्दै सोलिडारीटी फर डाक्टर केसी अलायन्सले बिहीबार राजधानीमा प्रर्दशन गरेको छ । सिंहदरबार अगाडि प्रदर्शन गर्दै कार्कीको नियुक्ति गैह्रकानुनी रहेको भन्दै अलायन्सले नियुक्ति खारेजीको माग समेत गरेको छ । अलायन्सका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको नियुक्ति खारेजीका लागि सर्वोच्च अदालतमा रिट हालेका थिए ।

Lok Man File

रिटमाथि पुनरावलोकन सुनुवाई अगाडि बढाउन पर्ने वा नपर्ने बिषयमा अध्यनका लागि सर्वोच्चले लोकमान नियुक्तिको सक्कली कागजात माग गरेको थियो । सरकारले भूकम्पका कारण कार्कीको नियुक्ति फाइल हराएको जानकारी सर्वोच्चलाई दिएको छ । सरकारले सर्वोच्चलाई पठाएको पत्रमाथि अलायन्सले खेद ब्यक्त गरेको अलायन्सद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । अलायन्सले २४ घण्टा भित्र लोकमानसँग सम्वन्धित सक्कली फाइल सार्वजनिक गर्न नसके जिम्मेवार सरकारी निकाय र व्यक्तिललाई कानुन अनुसार कारबाही गर्न पनि माग गरेको छ ।

Womui
Womui