चारतारे होटल ‘सिग्नेट इन कृष्णा खुल्यो

155

नेपालगन्ज, भदौ ३०–
चारतारे स्तरको होटल ‘सिग्नेट इन कृष्णा’ले पहिलो पटक बिहीबारबाट नेपालगन्जमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । नेपालगन्ज–३ सुर्खेत रोडमा उक्त होटल स्थानीय व्यवसायी दीपेन्द्र अग्रवालले ५० करोड रुपैयाँको लागतमा स्थापना गरेका हुन् । आफ्नै १७ कठ्ठा जमिनमा स्थापना गरेको उनले बताए । होटल सञ्चालनको सम्पुर्ण जिम्मा बिदेशी कम्पनी सिग्नेट इनुले लिएको छ । विभिन्न देशमा आफ्नो शाखा बिस्तार गरेको उक्त कम्पनीले ‘सिग्नेट इन कृष्णा’ बाट आफ्नो सेवा दिन लागेको हो ।

नेपालगन्ज–३ सुर्खेतरोडमा खुलेको होटल ‘सिग्नेट इन कृष्णा’ ।
नेपालगन्ज–३ सुर्खेतरोडमा खुलेको होटल ‘सिग्नेट इन कृष्णा’ ।

होटल सञ्चालनका लागि दुई पक्षबीच १० वर्षे सम्झौता छ । अग्रवालले अगाडी भने, ‘होटलमा सम्पुर्ण लगानी मेरो छ, तर सञ्चालनको जिम्मा अन्र्तराष्ट्रिय स्तरमा ख्याती कमाएको सिग्नेट इनलाई दिएको छु, मलाई विश्वास छ यो कम्पनीले राम्रोसँग होटलको व्यवस्थापन गर्नेछ ।’ कम्पनीले नेपालमै पहिलो पटक नेपालगन्जबाट सेवा विस्तार गर्न लागेको बताइएको छ ।

होटलमा स्वदेशी र विदेशी पर्यटकलाई आवश्यक पर्ने सम्पुर्ण सेवा, सुविधा राखिएको अग्रवालले बताए । ‘चारतारेमा हुनुपर्ने सम्पुर्ण सुविधा होटलमा छ,’ उनले भने ‘स्वीमिङ पुल निर्माणाधिन अवस्थामा छ, त्यो पनि दुई महिनाभित्रै तयार हुन्छ ।’ चारतारे अनुमतिका लागि पर्यटन विभागमा निवेदन दिइसकेको र स्वीकृती पाउने प्रक्रियामा रहेको अग्रवालले प्रष्ट्याए ।

भुइतला सहित ८ तले भुकम्प प्रतिरोधात्मक भवनमा होटलले ९६ वटा कोठा, चार वटा रेष्टुरेन्ट, दुई वटा सभा हल लगायतका पुर्वाधार तयार गरेको छ । ‘तत्कालका लागी ६० वटा कोठा तयार भएका छन, बाँकी कोठाको फिनिसिङ पनि एक÷दुई महिनाभित्रै तयार हुन्छ,’ अग्रवालले भने । तीन वटा लिफ्ट जडिट होटलमा लन्ड्री सिस्टम, आरो वाटर प्लान्ट, वाटर हिट प्लान्ट, मुलढोका देखि कोठा तथा बिद्युतीय उपकरणमा सेन्सर, ३ सय २० केभिए क्षमताको जेनेरेटर लगायत प्रविधी प्रयोग गरिएको उनले जानकारी दिए ।

उनका अनुसार कुल ७० जना जनशक्ति मध्ये ६ जना विदेशी जनशक्ति कार्यरत छन् । भुकम्प, नाकाबन्दी, बन्द हड्तालका कारण होटल सञ्चालन गर्न निर्धारित समयभन्दा डेढ वर्ष ढिलाई भएको लगानीकर्ता बताउँछन् । मध्य र सुदुरपश्चिमको पर्यटकिय गन्तव्य रहेको नेपालगन्जमा आउने स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरेर स्तरिय होटल स्थापना गरेको अग्रवालको भनाई छ ।

Womui
Womui