प्रधानमन्त्री दाहाल दिल्ली पुगे, विमानस्थलमा स्वागत

61

काठमाडौं, भदौं ३०–
चार दिने भ्रमणमा भारत प्रस्थान गरेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा उनले स्वागत गरेकी हुन् । बिमानस्थलबाट प्रधानमन्त्री दाहाल राष्ट्रपति भवनतर्फ प्रस्थान गरेका थिए । दाहाल नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट दिल्ली प्रस्थान गरेका हुन् ।

Puspa Kamal-Shusma Soraj

नेपाल वायुसेवा निगमको आरए २०५ फ्लाइटबाट उनी दिल्ली प्रस्थान गरेका थिए । दाहाललाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सलामी दिएर विदाई गरेको थियो । प्रधानमन्त्री दाहाललाई विदाई गर्न सभामुख, उपप्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु सहभागी थिए ।

Womui
Womui