नेपालगन्जमा महिला अधिकार सम्मेलन

305

नेपालगन्ज, भदौ २८–
नेपालगन्जमा मंगलबारबाट क्षेत्रीय महिला अधिकार सम्मेलन सुरु भएको छ । समानता, न्याय र समृद्धिका लागि सक्षम महिला नेतत्व भन्ने मूल नाराका साथ पश्चिम नेपालका महिला अधिकारकर्मी तथा समाजिक अगुवाको सहभागितामा दुई दिने सम्मेलन सुरु भएको हो । एक्सन एड नेपाल र महिला अधिकार मञ्चको आयोजनामा सुरु भएको सम्मेलनमा महिलाविरुद्ध हुने हिंसा अन्त्यका लागि नीति नियमको प्रभावकारिता र भावी कार्य दिशाबारे छलफल हुने बताइएको छ ।

_DSC0108

सम्मेलनको उद्घाटन गर्दै पूर्व सभासद एवम् अधिकारकर्मी शान्ता चौधरीले समाजमा महिलाको समानताको अवस्था निर्माण गर्नका लागि राज्यलाई जिम्मेवार बनाएर अघि बढ्नु पर्ने बताईन् । उनले हरेक निकायमा महिलाको अर्थपुर्ण सहभागिता हुन नसकेको गुनासो गरिन् । ‘संविधानले महिलालाई अधिकार त दियो, तर संविधानले ज्ञारेन्टी गरेको अधिकार अनुसार कुनैपनि निकायमा महिलाको अर्थपुर्ण सहभागिता हुन सकेको छैन,’ उनले भनिन् ।

Shanta Chaudhary

उद्घाटन सत्रमा महिला तथा बालबालिका कार्यालय बाँकेका बिन्दु कुँवर, राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष पुष्पा केसी, एक्सन एड नेपालका कार्यसमिति सदस्य एकराज चौधरीले असमान शक्ति संरचनाको परिवर्तनका लागि महिला नेतृत्वको आवश्यकता औल्याए । सम्मेलनको पहिलो दिन स्थानीय तहमा महिला नेतृत्व सम्भावना, चुनौती र आवश्यक तयारीका सम्वन्धमा पूर्व सभासद शान्ता चौधरीले कार्यपत्र प्रस्तुत गरिन् । उक्त सम्मेलनमा नवलपरासी देखि बैतडी सम्मका १४ वटा जिल्लाबाट ९४ जनाको सहभागिता रहेको छ ।

Sahavagi mahila

Womui
Womui