नारीको सुन्दरता, प्रशंसा र स्वभाव

590
रामु ओली
रामु ओली

“तिमी त कस्तो च्याठ्यर बोलेको, कस्तो तुच्छ बोली । केटीसँग कसरी बोल्नु पर्छ सोमत नै नभाको जस्तो ।” कुनै दिन फेसबुकमा एक नारीले यो पङ्तिकारलाई भनेको सब्दहरु हुन् । यहि शब्द सापटी लिएर यो हरफहरुको सुरुवात गर्दै छु । उति बेला मैले भनेको थिएँ – मैले हात जोडेको छु र मसँग बोल्नको लागि ? मेरो शब्दमा तुच्छता भेट्छौ भने त्यो तिम्रो गल्ती हुनेछ म जस्तो तुच्छ शब्द प्रयोग गर्नेसँग बोल्नुमा । तिमी सोसल साइटमा छौ । समाजमा अनेक किसिमका मनिस हुन्छन्, हरेक विचार सोचाइ अनि फरक परिवेशका मानिस हुन्छन् त्यो तिम्रो कमजोरी हो कि यति ठूलो समाजबाट मसँग नै बोल्न को लागि देखा पर्‍यौ । अनि मेरो कुन शब्दमा तुच्छता महसुस गर्‍यौ ? म के मानेमा च्याठ्ठियर बोले ?

त्यसको धेरै दिनसम्म मलाई म्यासेज गर्ने हिम्मत नै गरिनन् क्यार, यात उनले केटीसँग बोल्ने सोमत भएको कुनै साथी भेटिन होला । त्यसैले धेरै दिनसम्म उनको हाइ भन्ने सुरुवाती म्यासेज मेरो फेसबुकमा आएन । नत लामो लामो क्याप्सन सहितको फोटोहरु मलाई ट्याग नै गरिन ।

कुरो के थियो भने उनी हरेक दिन जसो फेसबुकमा फोटोहरु अपलोड गर्थिन । सधैँजसो उनको फोटोमा अलि लामै अनि केही बढी नै तारिफ गरेर कमेन्ट गर्दिने गर्दथे । उनी त्यो मेरो कमेन्टलाई लाईक गर्थिन अनि लेख्थिन तिम्रो हेर्ने नजर नै राम्रो, यस्तै यस्तै मख्ख पर्दै धेरै थोक लेख्थिन । जब अन्लाईन आउथिन उनी त्यही फोटोको तारिफ फेरि पनि सुन्ने चाहाना राख्थिन । मैले पनि त्यसै गर्थे किनकी मेरो दुई चार निर्जीव शब्दमा कसैको खुसी पोखिन्छ छ भने त्यो सायद गलत नहोला । तर जब मैले उनको फोटोहरुमा गरिने कमेन्ट र उनलाई पठाउने म्यासेजहरुमा उनले आफ्नो लागि बुनिएको तारिफ र प्रशंसा मा गिरावट आएको महसुस गरिन तब उनले एकचोटि मलाई भनेकी थिइन- ” तिमी बदलिसकेका छौ रामु ” त्यसै दिनदेखि मेरा शब्दमा उनले तुच्छता महसुस गर्न थालिन ।

call girl

हरेक नारी तारिफ र प्रशंसा  भोको हुन्छन् भन्ने त्यस दिन मैले बुझी सकेको थिएँ । जुन दिन तारिफ नगरेकै कारण उनलाई मेरो शब्दहरु तुच्छ लागेको थियो, तीतो लागेको थियो । तर उनलाई थाहा थियो मेरो हरेक तारिफका शब्दहरु उनको सुन्दरताको यथार्थ भन्दा धेरै टाढाको छ भनेर तर पनि उनी त्यही सुन्न चाहान्थिन । तर त्यस दिन मैले नारी भावना विपरीत उनको तारिफ गरेको थिएन । त्यो मेरो भुल थियो । जस्लाई उनले तुच्छताको संज्ञा दिइन ।

हजार झुट नै भए पनि बस उनलाई तारिफ चाहिन्थ्यो । हजार नारीलाई होच्याएर उनलाई नै गरेको प्रशंसा  चाहिन्थ्यो । उनी एभरेजका थिइन । केही सुन्दर पनि थिइन । तर त्यति पनि होइन कि जति मेरो शब्दहरुले उनको खुसीको लागि तारिफ गर्दथ्यो । अझ उनी त्यतिबेला औधी खुसी हुन्थिन जति बेला ग्रुप फोटोमा  उनको साथीहरुलाई होच्याएर उनको प्रशंसामा  मैले केहि शब्दहरु खर्चिएको हुन्थे । उनी त्यति बेला भन्थिन् – कठै विचारीहरुलाई त्यस्तोसम्म नभनी देउ के , राम्रै त छन नि । यस्तै भन्दै केही सान्त्वनाका शब्दहरु आफ्नो साथीको लागि फेक्थिन । तर मलाई थाहा थियो उनलाई राम्रो भन्नू भन्दा धेरै खुसी उनको साथीहरुलाई होच्याउँदा हुन्थिन ।

सतप्रतिशत नारीहरु प्रशंसा  र तारिफको चाहना गर्छन । म अपबादलाई पनि छोड्न चाहन्न । किनकी नारी त्यो कोमल प्रकृतिको स्वरुप हुन जसको हृदयलाई प्रेमले जित्न सकिन्छ, आराधनाले हासिल गर्न सकिन्छ । अनि विश्वास र प्रशंसाले पगाल्न सकिन्छ । नारीको प्राकृतिक उत्पत्ति नै कोमल छ । नारीमा सम्बेदना र सहनशीलता अत्याधिक हुन्छ । त्यसैले त प्रशंसा, तारिफ र प्रेमबाहेकका अस्त्रहरुले नारीलाई छुन सक्दैन ।

एकजना नवपत्रकार महिला मित्रले आफ्नो अनुभूतिमा भनेकी थिइन – आजका नारी चिल्ला चिप्ला कुराले बहकिँदैनन्, उनीहरुको आवाज अधिकारको लागि हो उनीहरुको जीवन नारी मुक्तिको लागि हो । समयसँगै नारीको भावना, क्षमता र कार्यमा परिवर्तन भैरहेका छन । आज हेर्नुस हरेक मञ्च नारीले भरिभराउ छन् । उनीहरुको तार्किक शक्ति हेर्नुस् जहाँ हरेक पुरुष मात खान्छन् ।

उनको कुरामा म पनि सहमत नै थिए । किनकी हिजोको नारी र आजको नारीमा आकाश पातलको फरक छ । उनीहरुको क्रिया र प्रतिक्रियाको कुनै लेखाजोखा नै गर्न सकिन्न । यो हाम्रो नेपाली समाजले सुइकार्नु पर्दछ र गर्भ गर्न सक्नु पर्दछ भन्ने मान्दछु । तर उनीसँग हुँदै गरेको मेरो गफ नारी अधिकार या मुक्तिबारे थिएन । मेरो त साधारण नारी स्वभावबारेमा थियो । उनीसँग सोध्ने मन थियो के नारी स्वभाव र प्रकृति परिवर्तनशील छ ? तर ती व्यर्थका साबित हुने थिए त्यसैले सोध्ने कोसिस गरिन ।

उनलाई अलि फरक किसिमले नियाले, आफ्नो आँखामा अप्राकृतिक चमकहरु निकाल्दै भने-” साच्चै तिम्रो सोचलाई सोल्युट गर्छु , नेपालगन्जको महिला पत्रकारको बीचमा तिमी नै त्यस्तो पत्रकार हौ जो यो समाजमा लड्न सक्छौ , बाँकीलाई त देखेकै छौ काम भन्दा कुरा धेरै हुन्छ । उनीहरु त ब्यर्थका हुन । कलङ्क हुन ।”

सारा नारीलाई होच्याएर उनै को प्रशंसा गरे । उनको नाकका पोराहरु फुल्लिदै थिए । मुस्कुराइदै थिइन । यो कुरालाई अझै तन्काउनु जरुरी ठानिन त्यसैले उनको ड्रेसको तारिफ गरे । हिजो अस्ति भन्दा भिन्दै देखिएको कुरा गरे । उनले जिन्स पाइन्टमा गर्ल लेखिएको कालो टि-सर्ट लगाएकी थिइन । उनको शारीरिक बनावटलाई उनले पहिरिएको पहिरनले सुन्दरतामा मलजल गरेको थियो । त्यसैले त्यसैमा केही थान तारिफका शब्दहरु थपिदिए । र कालो सारीमा हेर्ने इच्छा पनि जाहेर गरे । यति नै मेरो शब्दहरुले उनको नारीत्व छताछुल्ल भएर पोखियो । केही समय अगाडि अधिकारका कुरा गर्ने परिवर्तनका कुरा गर्ने एउटी नारी पत्रकार प्रशंसाका केही हरफहरुमा समेटिन पुगिन । किनकी उनी आफ्नो नारी स्वभाबबाट अछुतो रहन सक्दिनथिन । किनकी नारी स्वभाव प्रशंसा योग्य छन्, प्रेम योग्य छन् र आदर योग्य छन् । त्यसैले त नारी प्रशंसाको इच्छा गर्छन्, तारिफको आसा गर्छन । किनकी उनीहरु त्यसका लागि योग्यका छन् ।

मेरा यी पङ्तिहरुमा कति महिला मित्रहरूलाई बिमति होला । किनकी धेरै अधिकारकर्मी महिला मित्रहरु सुन्दरताको प्रशंसालाई कमजोरी पनि मान्नु हुन्छ होला । किनकी उहाहरुको लडाइँ यो समाजसँग छ, पुरुषबादी चिन्तनसँग छ । र सुन्दरताको तारिफ गर्ने पनि पुरुष नै हुन्छन् । मेरो भनाइको सारलाई उहाँहरुले नारी अपहेलनासँग जोड्ने चेस्टा नगर्नुहोला पनि भन्न सकिन्न ।

संयोगनै भनौ केही समय अगाडि महिला अधिकारको वकालत गर्ने कुनै एनजिओको गोष्ठीमा राजनीतिक पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलेको थियो । नेपालगन्ज परिवेशका सबैजसो पत्रकार, अधिकारकर्मी र राजनैतिक ब्यक्तित्वको भरपूर उपस्थिति थियो । एकजना महिला वक्ताले आफ्नो मन्तव्यमा सबैलाई समेटिन । समाज, राज्य, कर्मचारितन्त्र,  अधिकारकर्मी, सुरक्षा निकाय र राजनैतिक दल सबैलाई महिला विरोधीको रुपमा चित्रण गरिन । सायद आफ्नो वक्तव्यप्रति आफैले आफैलाई धाप दिँदै पनि थिइन होला । त्यसैले त उनी मञ्चबाट ओर्लिदै गर्दा मुस्कुराउँदै थिइन । उनी म बसेको लाइनमै बसेकी थिइन । एकजना चल्तीका पत्रकारले कानेखुसी मै साडीमा निकै गजेज देखिएको प्रतिक्रिया दिए । आज त धपक्कै बल्नु भाको छ । केही छन कि रहस्य ? ती पत्रकारले यस्तै प्रकृतिका एकपछि अर्को तारिफको पुल बाँधे । उनी चाहिँ मुस्कुराउँदै तपाईं पनि भन्दै प्याट्ट पत्रकारको ढाडमा लाडे प्यारले हानिन् ।

त्यो दृश्यले लाग्यो कि जुनै स्तर र जुनै क्षेत्रका महिला पनि आफूलाई जति नै कडा रुपमा प्रस्तुत गरे पनि उनी त्यही स्तरबाट प्रशंसा र तारिफ बटुल्न चाहान्छन । चाहे उनीहरु आफूलाई सुन्दरताको तारिफ विरुद्ध किन प्रस्तुत नगरुन । चाहे पुरुषबादी समाजको विरुद्ध किन आवाज नउठाउन तर उनी पनि त्यही पुरुषको एउटा तारिफमा समेटिने छन् या थिए । र आसा पनि गर्दछन् ।  किनकी नर र नारी एक अर्काका परिपूरक हुन । दुवैका स्वाभाव र प्रकृति एक अर्काका लागि नै बनेका छन् । चाहे शारीरिक, मानसिक या भावनात्मक नै किन नहोस् । सबै एक अर्काका पूरक छन् र रहने छ । त्यसैको एउटा उदाहरण हो नर प्रशंसा गर्न माहिर हुन्छन् किनकी नारी प्रशंसाका लायक छन् र त्यसको लागि लालायीत पनि । यो नै मनोविज्ञान हो र यथार्थता पनि ।

Womui
Womui