खेल मैदानमै फ्रान्सका फुटबल खेलाडीको मृत्यु

70

एजेन्सी, भदौ २८-

फ्रान्सका एक फुटबल खेलाडीको खेलकै क्रममा निधन भएको छ। फ्रेन्च कप अन्तर्गत भएको खेलको क्रममा फ्रान्सको एजे विगुइयाका राष्ट्रिय टिमका पूर्वखेलाडी ३४ वर्षीया बेन इड्रिसा डर्मको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

फ्रेन्च कपको तेस्रो चरण अन्तर्गत फुरिएनीसँगको खेलमा बेन मैदानमा लडेका थिए। मैदानमै लडेका उनलाई मेडिकल टिमले उपचार गरे पनि बचाउन भने सकेन। उनको मृत्यु हृदयघातबाट भएको डाक्टरहरूले जानकारी दिएका छन्।

Womui
Womui