भारतको मुम्बईमा बेच्न लगिँदै गरेका बालकहरुको उद्धार

32
विरगन्ज, भदौ २८-
मजदुरीका लागि भारतको मुम्बई लैजाँदै गरिएका नेपाली बालकहरूलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । रक्सौल नाकाबाट मोतिहारी रेलवे स्टेशन हुँदै मुम्बई बेच्न लगिएका नेपाली बालकहरूलाई भारतको सशस्त्र सीमा बल (एसएसबी) ले दलालहरूबाट  उद्धार गरिएको हो। बेच्न लगिएका बालकहरूमा नेपाल र भारत गरी कूल २२ जना रहेको बताइएको छ।
 भारतीय सञ्चारमाध्यमका अनुसार एसएसबीले उद्धार गरेको २२ जना बालकमा ८ देखि ११ वर्ष छन्। प्रहरीले सबै बालकको सकुसल उद्धार गर्न सफल भएपनि दलालहरू प्रहरी घेराबाट भाग्न सफल भए।
Womui
Womui