राहदानी (पासपोर्ट)हराएको सूचना पत्रिकामा छाप्नु नपर्ने

110

काठमाडौं,  भदौ २७-

राहदानी विभागले राहदानी हराएपछि प्रहरीको रिपोर्ट लिनु नपर्ने व्यवस्था मिलाएकाे छ । यस राहदानी हराएपछि सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्था थियो । राहदानी विभागका अनुसार प्रहरी कार्यालयबाट प्रहरी रिपोर्ट ल्याउने प्रक्रिया झन्झटिलो भएको र सर्वसाधारणले बढी सास्ती हुने भन्दै राहदानी विभागले सहजताका लागि प्रहरी रिपोर्ट नचाहिने व्यवस्था लागू गरेको हो।

पत्रपत्रिकामा राहदानी हरायो भनेर सूचना दिइरहनु नपर्ने बताउँदै विभागका महानिर्देशक लोकबहादुर थापाले राहदानी हराएकाले सिधै राहदानी विभाग आएर निवेदन दिए प्रतिलिपि निस्कने बताए । राहदानीवाहकले दिएको निवेदनका आधारमा  विभागले त्यसको भेरिफाइ गरेर नेपाल प्रहरीलाई जानकारी गराउनेछ। राहदानी विभागले पठाएको इमेल नेपाल प्रहरीले बढीमा ५ मिनेट भित्रमा रिप्लाई गर्नेछ। त्यसपछि प्रहरीले इन्टरपोलमार्फत सबै देशहरुमा हराएको राहदानी नम्बर इमेल गर्छ। इन्टरपोलले सबै देशका विमानस्थलमा फेरि सो बारे जानकारी गराउनेछ। हराएको पासपोर्ट कसैले बोकेर हिँडे त्यो मानिस पक्राउ पर्ने महानिर्देशक थापाले बताए। राहदानी विभागले नयाँ व्यवस्था लागू भएपछि अरूको नाममा पासपोर्ट बोकेर यात्रा गर्ने, एमआरपी अरुलाई बेच्नेजस्ता काम बन्द हुने विश्वास आफूहरुले लिएको महानिर्देशक थापाले बताए।

Womui
Womui