भारत भ्रमणबारे शंका उपशंका नगर्न प्रधानमन्त्री दाहालको आग्रह

91

काठमाडौं, भदौ २६-

pmभारत भ्रमणलाई लिएर शंका उपशंका नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न बोलाइएको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उक्त छलफलमा एमाले नेता भीम रावल लगायतले भारत भ्रमणका बेला केही सम्झौता हुँदैछ छ कि भन्ने शंका उपशंका व्यक्त गरेका थिए । उक्त शंका उपशंकालाई मेटाउने क्रममा  प्रधानमन्त्री प्रचण्डले एमाले नेता रावलको नामै लिएर टेन्सन नलिन आग्रह गरेका थिए उनले नेपाल राष्ट्रको हितबाहेक केही नगर्ने बताउँदै  उनले भने ‘प्रचण्ड वा पुष्पकमल जान लागेको पनि होइन । प्रधानमन्त्री जाने हो । राष्ट्रहित बाहेक सोच्न सकिँदैन ।’ प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा नेपाल-भारत सम्वन्धको नयाँ अध्याय खुल्ने विश्वास व्यक्त गरे । संविधान जारी गर्ने क्रममा नेपाल भारतको सम्वन्ध तितो-मिठो भएको स्वीकार गर्नुपर्ने भन्दै उनले भने, ‘विगतको समLक्षा गर्ने र त्यसबाट शिक्षा लिएर आगाडि जानेे सोचका साथ म भारत जाँदैछु ।’

[WD_FB id=”0″]

Womui
Womui