सुशासन समितिको बैठक सुरु

69
काठमाडौं, भदौ २६-
व्यवस्थापिका संसदको सुशासन समितिको बैठक सिंहदरबारमा सुरू भएको छ। काठमाडौं विश्वविद्यालयको प्रवेश परीक्षामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको हस्तक्षेपमाथि छानबिन गर्न गठन भएको उपसमितिको प्रतिवेदनउपर छलफल गर्न समितिको बैठक बसेको हो। उपसमितिले बिहीबार प्रतिवेदन बुझाएको थियो। काठमाडौं विश्वविद्यालयमा अख्तियारले कानुनभन्दा बाहिर गएर हस्तक्षेप गरेको ठहर उपसमितिले गरेको थियो। त्यसैगरी, विश्वविद्यालयले आफ्नो नियम कानुनको परिधिमा काम गर्दा भएको हस्तक्षेपविरूद्ध बोल्न नसकेको भन्दै उपसमितिले दुबैलाई दोषी देखाउँदै प्रतिवेदन तयार पारेको थियो।
Womui
Womui