व्यापारीबाट फिरौती उठाउने बुढा पूर्व लडाकु भएको खुलासा

47
दाङ, भदौ २६-
गत शुक्रबार मध्यरातमा ग्वारखोला किनारमा गुन्डा नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागि घाइते भएका व्यक्ति माओवादी पूर्वलडाकु भएको खुलासा भएको छ । व्यापारीहरुलाई फोनमा धम्की दिएर रकम असुली गर्दै आएको भन्ने जानकारीका आधारमा गुन्डा नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाएको दाबी गरेको छ । गोली लागि घाइते भएका  रामपुर गाविस वडा नं. ९ निवासी २७ वर्षीय दानबहादुर बुढा राज्यबाट पाँच लाख बुझेर स्वेच्छिक अवकास लिएका माओवादीका पूर्वलडाकु भएको  जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले जानकारी दिए। बुढाको दाँहिने खुट्टाको घुँडामुनि गोली लागेको छ। राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारपछि बुढा डिस्चार्ज भइसकेको भए पनि उनी प्रहरीको नियन्त्रणमै छन्। बुढासँगै पक्राउ परेका अन्य ८ जनालाई सार्वजनिक अपराध सम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको छ।
Womui
Womui