निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

30

नेपालगन्ज, भदौ २५–
विपी जयन्तीका अवसरमा शनिबार नेपाली काँग्रेस बाँके क्षेत्र नम्वर ३ ले खजुरा खुर्दमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरमा कुल ७ सय २४ जनाले स्वास्थ्य परिक्षण गराएका छन् । काँग्रेस क्षेत्र नम्वर ३ का सभापति रमेश गुप्ताका अनुसार ३ सय ९८ जनाले आँखाको परिक्षण गराएका छन् । त्यसमध्ये ७३ जना बिरामीलाई शल्यक्रियाको लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्ज रिफर गरिएको छ । क्षेत्रीय सभापति गुप्ताले भने, ‘अस्पतालले उनीहरुलाई ५० प्रतिशत छुट दिएर आँखाको अप्रेशन गरिदिनेछ ।’

स्वास्थ्य जाँच गराउन शिविरमा लाइन लागेका सर्वसाधारण । तस्बिर : सामाजिक सञ्जाल
स्वास्थ्य जाँच गराउन शिविरमा लाइन लागेका सर्वसाधारण । तस्बिर : सामाजिक सञ्जाल

उक्त शिविरमा ३ सय ३६ जनाले कान परिक्षण गराए । त्यसमध्ये गम्भिर प्रकृतिका ६० जनाको शल्यक्रियाका लागि नेपालगन्ज रिफर गरिएको छ । नेपालगन्ज फुलटेक्रास्थित ब्रीनोज सामुदायिक कान स्वास्थ्य सेवाले निःशुल्क रुपमा कानको शल्यक्रिया गरिदिने निर्णय गरेको बताइएको छ । खजुराखुर्द स्थित जानकी माध्यामिक बिद्यालय परिसरमा सञ्चालित उक्त शिविरको प्रमुख अतिथी एवम् नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले उद्घाटन गरेकी थिईन् ।

Womui
Womui