कृषि सहकारीमा ३८ लाख रुपैयाँको उप–आयोजना

33

नेपालगन्ज, भदौ २५–
बाँकेको नौवस्तास्थित राष्ट्रिय भुतपुर्व सैनिक कृषि सहकारी संस्था लिमिटेडले व्यवसायिक तरकारी खेतीका लागि फर्म विकास, पूर्वाधार विस्तार उप–आयोजना शुरु गरेको छ । कुल ३७ लाख ९९ हजार ९ सय ३६ रुपैयाँको लागतमा उपआयोजना शुरु गरिएको हो ।

Upa Aayojana

साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले सहकारीलाई १७ लाख ५० हजार ६ सय ७ रुपैयाँ अनुदान स्वरुप दिने र संस्था स्वयमले २० लाख ४९ हजार ३ सय बेहोर्दै व्यवसायिक तरकारी खेती गर्दैछ । उप–आयोजनाको पहिलो सार्वजनिक सुनुवाई गर्दै सहकारी संस्थाका अध्यक्ष सहबीर खत्रीले व्यवसायिक तरकारी खेती गरेर कृषकको आयस्तरमा बृद्वि ल्याउने उद्देश्य रहेको जानकारी दिए ।

Womui
Womui