प्रेस मञ्चमा पुनः गुप्ता

99

नेपालगन्ज, भदौ २५–
प्रेस मञ्च बाँकेको अध्यक्षमा पुनः आशिष गुप्ता चयन भएका छन् । नेपालगन्जमा शनिबार सम्पन्न एक भेलाले गुप्ताको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति पदाधिकारी निर्विरोध चयन गरेको हो । भेलाले उपाध्यक्षमा उदयराज जैसवाल, सचिव नन्दलाल शाहु, सह–सचिवमा शशी गुप्ता र कोषाध्यक्षमा रुवी साई तथा सदस्यमा क्रमशः सुनिता यादव, प्रकाश नेपाली, रिमझिम केवट, राधेश्याम धोबी र आलोक मिश्रलाई चयन गरेको अध्यक्ष गुप्ताले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

Press Manch

भेलाले पन्ना—लियाकत प्रेस पत्रकारिता पुरस्कार स्थापना गरेको छ । पत्रकार महासंघ बाँकेका संस्थापक सभापति लियाकत अलि र वरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ताको नाममा उक्त पुरस्कार स्थापना गरेको विज्ञप्तीमा उल्लेख छ । ‘यो प्रेस पत्रकारिता पुरस्कारबाट बाँकेमा क्रियाशिल र मधेशको मुद्दा तथा सवालमा पत्रकारितामार्फत महत्वपूर्ण योगदान पु¥याउने एक जना पत्रकारलाई पुरस्कृत गरिनेछ,’ अध्यक्ष गुप्ताले विज्ञप्तीमा भनेका छन् । भेलामा बोल्दै अवधी पत्रकार संघका केन्द्रीय अध्यक्ष सुर्यलाल यादवले संस्थापक तथा वरिष्ठ पत्रकारको सम्मानमा पत्रकारिता पुरस्कार स्थापना गरिनु राम्रो कामको थालनी भएको बताए ।

Womui
Womui