चौकी स्थापना हुदाँ गाउँमा खुसी

149

कोहलपुर, भदौ २५–
बाँकेको नौवस्ता–८ बानियाभारमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । शनिबार एक कार्यक्रमका चौकी स्थापना गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिका प्रमुख रबिलाल पन्थले प्रहरी चौकी उद्घाटन गरे । सरकारले नौवस्तामा बानाउन लागेको औद्योगिक क्षेत्रलाई लक्षित गरेर आवश्यक सुरक्षाका लागि चौकी स्थापना गरिएको बताए । सबैको सहकार्य र एकताबाट मात्र प्रहरी चौकीको औचित्य रहने उनको भनाई थियो । सबै राजनीतिक दल एक हुनुपर्ने धारणा राखे ।

Police office

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य मेघराज ओलीले बस्ती विस्तार सँगै गलत कार्य हुने सम्भावना बढी हुने हुदाँ प्रहरी यसतर्फ चनाखो हुनुपर्ने सुझाव दिए । कार्यक्रममा नेपाली काँग्रेस नौवस्ता गाउँ ईकाइ सभापति प्रेम शाहीले प्रहरी चौकी स्थापना गरेकोमा खुसी व्यक्त गर्दै यसले जनातालाई शान्ति सुरक्षाको प्रत्याभूती गराउने विश्वास गरेका थिए । चौकी स्थापनापछि गाउँको शान्ति सु–व्यवस्था कायम हुनेमा विश्वास व्यक्त गरे । सो अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख टेकप्रसाद राई, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक सुरेश काफ्ले, स्थानीय, समाजसेवी, पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधी, सामुदायिक वनका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।

Womui
Womui