‘संविधान संशोधनबिना देशमा केही पनि हुँदैन’

169

रामेछाप, भदौ २५-

Upendra-yadav संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए देशमा केही पनि नहुने बताउँदै देश ठूलो संकटमा व्यहोर्ने चेतावनी दिएका छन् । फोरम नेपालले सदरमुकाम मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले अहिलेको संविधान दुईचार जना नेताले वालुवाटारमा बसेर बनाएको आरोप लगाउँदै यस्तो चेतावनी दिएका हुन् । उनले फाष्ट ट्रयाकको नाममा छलफल नै नगरी सबै प्रक्रिया निलम्बन गरी जबरजस्ती संविधान जारी गरिएको आरोप लगाउँदै संविधान संशोधन नगरी संविधानमा लेखिएका कुरालाई जस्ताको तस्तै नमान्ने बताए ।

यादवले संविधानमा संघीयता, पहिचान, समावेशीता, निर्वाचन प्रणाली र शासकीय स्वरुपमा परिवर्तन हुनु पर्ने बताउँदै अहिलेकै अवस्थामा स्थानीय निकायका निर्वाचन हुन नसक्ने प्रष्ट्याए । संविधान संशोधन नभएसम्म कार्यान्वयनमा नआउने र संविधान कार्यान्वयनमा नआएसम्म देश संघीयताको अभ्यासमा जान नसक्ने उनको तर्क छ ।संसदबाट नै सबैखालका समस्या समाधान हुन्छ भन्नेमा अाफूहरु अाशावादी रहेको बताउँदै उनले यसमा सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।

Womui
Womui