नेपालगन्जको विपी चोक झिलिमिली

63

नेपालगन्ज, भदौ २४–
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव विपी कोईरालाको सम्झनामा शुक्रबार विपी जयन्ती मनाइएको छ । नेपाली काँग्रेस बाँके लगायत विभिन्न क्षेत्रीय समिति र भातृ संगठनले पनि कार्यक्रम गरेर विपी जयन्ती मनाएका छन् । नेपाली काँग्रेस बाँकेले शुक्रबार बिहान विपी चोकमा रहेको स्व. विपी कोईरालाको शालिकमा माल्र्यापन गरेको छ ।

BP Chok Jhili Mili

जिल्ला सभापति किरण कोईराला, उपसभापति सुनिलनरसिंह राणा लगायतले विपीको शालिकमा माल्र्यापन गरेका हुन् । यसैबीच काँग्रेस क्षेत्र नम्वर ३ ले शुक्रबार बेलुका विपी चोकमा दीपप्रज्वलन गरेको छ । दीप प्रज्वलनले गर्दा विपी चोक झिलिमिली बनेको छ । दीप प्रज्वलनमा नेता, कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको क्षेत्रीय सभापति रमेश गुप्ताले जानकारी दिए । काँग्रेस क्षेत्र नम्वर ३ ले शनिबार खजुराखुर्द गाविसमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दैछ । बिहान ८ बजेबाट शिविर सञ्चालन हुने सभापति गुप्ताले जानकारी दिए ।

तस्बिरहरु : सामाजिक सञ्जाल

BP NPJ Chok

bp

Womui
Womui