उद्योग वाणिज्य संघको पदाधिकारी र सदस्य मनोनित

162

नेपालगन्ज, भदौ २४–
नेपालगन्ज उद्योग वाणिज्य संघले कार्यसमिति पदाधिकारीलाई पुर्णता दिएको छ । संघको कार्यसमिति बैठकले निवर्तमान अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहित वरिष्ठ सदस्यमा बसन्त लामिछाने, महिला सदस्यद्धय बिन्दु चर्तीमगर र रमारानी बैश्य, सलाउद्धिन जसगढ र रोमनाथ न्यौपानेलाई मनोनित गरेको हो ।

NGCCI Office

यसअघि उपाध्यक्ष(उद्योग)मा निर्वाचित भएका अब्दुल वाहिद मन्सुरीलाई वरिष्ठ उपाध्यक्ष, महासचिवमा अजय टण्डन, उप–महासचिव ताराकुमारी खत्री (रोकाया), कोषाध्यक्ष आदेश अग्रवाल र संघको प्रवक्तामा अभय बस्नेतलाई मनोनित गरिएको छ । मनोनित गरेसँगै कार्यसमिति पदाधिकारीको संख्या २५ पुगेको उपमहासचिव रोकायाले जानकारी दिईन् । यही भदौ ११ गते सम्पन्न निर्वाचनबाट तीन वर्षे कार्यकालका लागि नन्दलाल बैश्यको नेतृत्वमा नयाँ कार्यसमिति पदाधिकारी चयन गरिएको थियो ।

Womui
Womui