बसको ठक्करबाट मृत्यु

43

मोरङ, भदौ २४-

यात्रुबाहक बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको  कोसीहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार बिहान झापाको काँकडभिट्टाबाट नारायणघाटतर्फ जाँदै गरेको ना५ख ७०८३ नंको बसको ठक्करबाट पैदलयात्रु भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी ३३ वर्षीया पदमकुमारी भट्ट (घिमिरे)को घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। ठक्कर दिने बस र त्यसका चालकलाई इप्रका बेलबारीले नियन्त्रणमा लिएको छ ।

Womui
Womui