अखिल क्रान्तिकारीको एकता भेला सम्पन्न

117

नेपालगन्ज, भदौ २३–
अनेरास्ववियु क्रान्तिकारी संगठनको प्रथम एकता भेला सम्पन्न भएको छ । भेलाले संगठनका केन्द्रिय सदस्य सुरेन्द्र जंग शाह(जम्बो) को संयोजकत्वमा २१ सदस्यीय जिल्ला कार्यालय समिति सहित ६१ सदस्यीय समिति गठन गरेको छ । उक्त भेलाले एक युनिट एक प्रोग्राम र जिललका सबै क्याम्पस र कलेजमा एकताको भावलाई सम्प्रेशन र संगठन सुदृढिकरण गर्ने निर्णय गरेको छ ।

प्रदेश नम्वर ५ का इन्चार्ज धु्रव विक्रम ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा माओवादी केन्द्रका आयोजक कमिटी सदस्य तुलराज विष्ट, संगठनका सचिव एवम् प्रदेश नम्वर ५ का सह–इन्चार्ज छबिलाल सिंह, प्रदेश नम्वर ५ का संयोजक सुन्दर ओली, प्रदेशका सह–संयोजक सुर्यप्रकाश घर्तीमगर, जगत विएल, चक्र मिलन चन्द, निरक पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

Womui
Womui