पहिचान खुल्न नसकेको युवतीको शव फेला

40

पाल्पा, भदौ २२-

जिल्लामा मंगलबार बिहान एक युवतीको शव फेला परेको छ । साखर्दी खोला र कालीगण्डकी नदीको लितिपिरिङ्ग दोभानमा अन्दाजी १६/१७ वर्षीया युवतीको शव खोलाको किनारमा तैरिएर रहेको अवस्थामा फेला परेको हो । बाटो हिँड्ने बटुवाले शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । शरीरमा लगाएको भित्रि कपडाले मात्र युवतीको शव भन्ने पहिचान भएको प्रत्यक्षदर्शी स्थानीयवासी दानस मल्लले बताए। युवतीले कानमा मुन्द्रा लगाएको र हातमा रक्षाबन्धनको धागो बाँधिएको अवस्थामा शव फेला परेको प्रहरीले बतायो।

Womui
Womui