पूर्वमन्त्री श्यामसुन्दर गुप्ता पक्राउ

56

काठमाडौं, भदौ २२-

Shyam-Sundar-Guptaपूर्वमन्त्री श्यामसुन्दर गुप्ता फेरि पक्राउ परेका छन् । ललितपुर प्रहरी परिसरले गुप्तालाई ललितपुरको ताल्छिखेलबाट पक्राउ गरेको हो ।ललितपुर परिसरका एसएसपी पिताम्बर अधिकारीका अनुसार एक महिला व्यवसायीलाई धम्क्याएर पैसा असुल गर्न खोजेको आरोपमा गुप्ता पक्राउ परेका हुन् । ‘महिलालाई पटक-पटक धम्क्याउने र पैसा माग्ने गरेको उजुरी परेपछि हामीले गुप्तालाई पक्राउ गरेका हौं । थप अनुसन्धान भैरहेको छ,’ एसएसपी अधिकारीले भने । गुप्तालाई धम्की तथा शरीरबन्धक अन्तर्गत मुद्दा चलाउन अनुसन्धानका लागि चार दिनको म्याद थप भएको छ । २०६८ सालमा व्यावसायी पवन संघाइलाई डिल्लीबजार गणेस्थानबाट अपहरण गरेको आरोपमा गुप्ता तीन वर्ष कारागार बसेका थिए । गुप्ताले सांघाइसँग ८० लाख रुपैयाँ फिरौती असुल गरेर २० दिनपछि अपहरण मुक्त गरेको आरोप लागेको थियो ।

Womui
Womui