कक्षा ७ सम्मको योग्यता भएका नक्कली डाक्टर पक्राउ

131
लहान, भदौ २२-
जिल्लामा एक भारतीय डाक्टर पक्राउ परेका छन् । स्थानीय नारायण साहको घर भाडामा लिई इजाजत पत्र तथा प्रमाण पत्रबिना संचालन गरेका क्लिनिक सञ्चालक डाक्टर भारतको जलपाईगुडी पश्चिम बंगालका २६ वर्षीय मन्तोष मण्डल पक्राउ सिरहा प्रहरीले पक्राउ गरेको हो।
कक्षा ७ सम्मको अध्ययन पूरा गरेका बिना योग्यता भएका उक्त डाक्टरले सर्वसाधारण जनतालाई डाक्टर हुँ भनी भ्रममा पारेर ठग्ने गरेका प्रहरी निरीक्षक उपाध्यायले बताए। प्रहरीका अनुसार उनले उपचारको नाममा मोटो रकम लिएर हाईड्रोसिल, हर्ष वावासिर, भोकन्दर समेतको उपचार गर्दै आएका थिए। डाक्टरसँगै क्लिनिकमा रहेका औषधिलगायतका सामग्री बरामद गरी मण्डललाई ठगी मुद्दा अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। ६ पहिले पनि एक भारतीय नक्कली डाक्टर पक्राउ परेका थिए।
Womui
Womui