सरकारले जनताको अपेक्षा अनुसार काम गरेन : विजुक्छें

168

नेपालगन्ज, चैत ५–
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले वर्तमान सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको बताएका छन् । सुर्खेतको बीरेन्द्रनगरमा हुन लागेको क्रान्तिकारी युवा संघको छैठौं राष्ट्रिय सम्मेलन उद्घाटनका लागि आएका अध्यक्ष विजुक्छेंले नेपालगन्जमा आयोजित सञ्चारकर्मीसँगको भेटघाटमा भने, ‘भूकम्प र नाकाबन्दीको समस्याले गर्दापनि यो सरकारले काम गर्न सकेन ।’ प्रमुख शक्ति नेपाली कांग्रेस सरकार विना रहन नसक्ने स्पष्ट पार्दै सरकारको नेतृत्व गर्ने वा सशक्त प्रतिपक्षीको भूमिका निभाउनुपर्ने सुझाव दिए । वर्तमान सरकार विगतका पुँजीवादी सरकारभन्दा कत्तिपनि फरक नभएको बताए ।

Narayan Man Bijukchhe

प्रधानमन्त्री केपी शर्मा ओलीले चिन भ्रमणको तयारी गरिरहेका बेला नेता विजुक्छेंले पारवहन सुविधा, ग्याँस र पेट्रोलियम पदार्थ आयात, नेपाल र चिन जोड्ने बाटो निर्माण जस्ता सवाललाई उठान गर्नुपर्ने बताए । भारतका विदेश मन्त्रीले कुटनीतिक मर्यादा विपरित नेपालमाथि अशिष्ट भाषा प्रयोग गर्दा दुःख लागेको उनको भनाई छ ।

पत्रकारको जिज्ञासामा अध्यक्ष विजुक्छेंले तराईको मुख्य समस्या नागरिकता नभएर बेरोजगारी भएको बताए । तराई क्षेत्र किसान, मजदुरको आन्दोलन गरेको थलो भएको र अहिले पनि उनीहरुका माग पुरा हुन नसकेको स्पष्ट पारे । ‘संविधानका विषयमा हाम्रा पनि सरकारसँग मतभेद छ, मदभेद हुदैमा के हामीले अमेरिकालाई गुहार्ने त ?’ उनको प्रश्न छ । दिर्घकालिन सोच नभएका कारण संविधान घोषणाको १७ दिनमै संशोधन गर्नुपर्ने अवस्था आएको उनले बताए ।

Womui
Womui