थण्डर क्रिकेट र सिटी कलेजबीच सेमिफाइनल हुदै

45

नेपालगन्ज ,चैत ५–
नेपालगन्ज युथ टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार (आज) अन्तिम सेमिफाइनल खेल हुने भएको छ । नेपालगन्जस्थित मंगलप्रसाद उच्च माध्यामिक बिद्यालयको खेल मैदानमा दिउँसो थण्डर क्रिकेट क्लब र सिटी कलेज अफ म्यानेजमेन्टबीच खेल हुने आयोजक नेपालगन्ज युथका अध्यक्ष प्रविण कर्णले जानकारी दिएका छन् ।

आजको विजेता समुह फाइनलमा जानेछ । यसअघि बिहीबार नेपाल टाइगर क्लब फाइनलमा प्रवेश गरेको थियो । आज फाइनलमा जाने टिम र टाइगर क्लबबीच उपाधीका लागि फाइनल प्रतिस्पर्धा हुनेछ ।

Womui
Womui