महायज्ञमा दान गर्नेको संख्या बढ्यो

180

नेपालगन्ज, मंसिर २२–
श्रीमद्भागवत महापुराण तथा विराट राष्ट्र कल्याण महायज्ञको पाँचौ दिन पनि दान गर्नेको संख्यामा बृद्धि भएको छ । मंगलबार श्रीहंस आत्मबोध आश्रम केन्द्रिय कार्यालय, गौशाला काठमाण्डौले ५ लाख ५ सय पाँच रुपैयाँ दान गरे । यो अहिले सम्मकै उच्च दान रहेको आयोजकले जनाएको छ । मंगलबार नै नेपालगन्जका स्थानीय बासिन्दा चम्पालाल बोथ्राले एक लाख ५१ हजार, पूर्णबहादुर राईले एक लाख ११ हजार एक सय ११ रुपैयाँ दान गरे । यसैगरी अन्य ६२ जना दाताले पनि नगद तथा जिन्सी सामान दान गरेको आयोजक नेपाल मानव धर्म सेवा समितिले जनाएको छ । कुल ६५ जना दाताले मंगलबार मात्र ९ लाख दान गरेका छन् ।

maha Yage pic

संकलन गरिएको यो रकम दिनहुँ दान गर्ने रकम भन्दा अहिले सम्मको उच्च रकम तथा जिन्सि हो । महायज्ञको पाँचौ दिन सम्म २ सय ४५ दाताले २४ लाख बराबरको जिन्सी तथा नगद रकम दान गरेको महायज्ञ प्रचार–प्रसार समितिका संयोजक उमाकान्त सुवेदीले जानकारी दिए । महायज्ञको पाँचौ दिनमा अन्य दिनको भन्दा बढी भक्तजन, सन्तमहात्मा र स्थानीय दाताको भीड लागेको थियो ।

maha yage pic 3

महायज्ञमा कृष्ण जन्मोत्सव सम्बन्धी झाँकी तथा राष्ट्रिय कलाकार उत्तम गिरीबाट देशभक्ति भजन समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ । गत शुक्रबारबाट नेपालगन्जको कारकाँदोमा महायज्ञ सञ्चालनमा आएको हो । महायज्ञमा नेपालकै कम उमेरका भागवत वाचक बालव्यास पंण्डित सन्देशकुमार कौडिन्यले महापुराण एवम् कथा वाचन गरिरहेका छन् । आगामी मंसिर २५ गते सम्म सञ्चालन हुने महायज्ञमा बुधबार आज सामुहिक ब्रतबन्ध गरिदैछ ।

maha yage

Womui
Womui