संघले बुझायो भारतीय दुतावासलाई अनुरोध पत्र

36

नेपालगन्ज, मंसिर २२–
नेपालगन्ज उद्योग वाणिज्य संघ नेपालगन्जले भारतीय राजदूतावासका प्रथम बाणिज्य सचिव आशिष सिन्हालाई अनुरोध पत्र बुझाएको छ । नेपालगन्ज उद्योग बाणिज्य संघको कार्यालयमा मंगलबार गरिएको भेटवार्तामा संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अनुरोधपत्र बझाएका हुन् । उक्त अनुरोध पत्रमा नेपालगन्ज सीमा रुपैडिहाका भन्सार अधिकारी र सुरक्षाकर्मीले बिभिन्न कारण र बहाना बनाएर मालसामान आयात तथा निर्यात गर्न अवरोध गरेको, उत्तरप्रदेश सरकारद्वारा जारी गरिने ट्रान्जिट परमिटमा ८० प्रजातिका जडिवुटी निकासी भइरहदाँ १७ प्रजातीको नाममात्र समावेस गरेकोले सहज वातावरण नभएको, उत्तरप्रदेशको नानपारा स्टेशनको ट्रान्समिसनको स्तर सुधार गरि विगत झै विद्युत आपूर्ति गराउन माग गरिएको छ ।

यस्तै भारतबाट सामान आयात गर्दा २५ हजार भन्दा माथिका सामानमा इम्पोर्ट÷एक्सपोेर्ट कोड लिनुपर्ने ब्यवस्थाले सामानको मुल्यबृद्धि र मुद्रास्फुर्तिलाई मध्यनजर राखी उक्त रकम बृद्धि गरि एकलाख सम्मको रकम बनाउनुपर्ने, बाँकेमा निर्माणाधिन नेपालगन्ज–बघौडा हुलाकी सडक तत्काल निर्माण कार्य अगाडी बढाउन र नेपाली गाडीहरु भारत जानुपरेमा राजदूतावासबाट अनुमति लिने प्रावधान हटाई सम्बन्धित नाकाबाट अनुमति लिई निर्वाध चल्न मिल्ने ब्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

Womui
Womui