उपराष्ट्रपतिका लागि संसदमा मतदान जारी

33

काठमाडौ, कात्तिक १४–
उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा निर्वाचन सुरू भएको छ । निर्धारित कार्यतालिका अनुसार बिहान ११ बजेबाट मतदान सुरू भएको हो । सरकार समर्थित दलहरूबाट एकिकृत नेकपा माओबादीका नन्दकिशोर पुन र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव उपराष्ट्रपतिका उम्मेदवार छन् ।

a

सरकार समर्थित दलहरूको मतसंख्या बढी भएकोले पुन उपराष्ट्रपतिमा निवार्चित हुने संभावना बढी छ । संसद भवनको ल्होत्से हलमा सुरु मतदान दिउँसो २ बजेसम्म चल्ने बताइएको छ । मतदानमा एमालेका सांसद नै अनुपस्थित रहेको पाइएको छ । अपराह्न ५ बजे बस्ने व्यवस्थापिका संसद्को बैठकमा सभामुख ओनसरी घर्तिले मत परिणाम सहित नयाँ उपराष्ट्रपति निवार्चित भएको घोषणा गर्नेछिन् ।

samsad ma election

Womui
Womui