खेलकुदका विभिन्न व्यक्तित्वलाई स्वागत

53

नेपालगन्ज, कात्तिक १४–
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिले खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्वलाई स्वागत गरेको छ । क्षेत्रीय अध्यक्ष भीम ओलीले राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, ओलम्पिक कमिटिका कोषाध्यक्ष रतनकुमार टण्डन र राखेप सदस्य शान्ति सिंहलाई अविर लगाई खादा ओढाएर बधाई सहित स्वागत गरेका हुन् । सो अवसरमा बोल्दै राखेप कोषाध्यक्ष हमालले खेलकुदले सभ्य र अनुशासित नागरिक उत्पादन गर्ने बताए । चेन अफ कमाण्डमा सुरक्षा निकाय चले जस्तै खेलकुदमा पनि चेन अफ कमाण्ड लागु हुनुपर्ने उनको भनाई छ । नेपालगन्ज निवासी ओलम्पियन हमालले भने, ‘खेलकुदमा अनुशासन अपरिहार्य छ, जसले असल नागरिक बन्न प्रेरित गर्छ ।’ जीवनको अन्त सम्म पनि खेलकुदमा समय बिताउने उनले बताए । मध्यपश्चिम क्षेत्रको खेलकुदको विकास गर्न सबै मिलेर सँग–सँगै हातेमालो गर्नुपर्ने राखेप कोषाध्यक्ष हमालले जोड दिए ।

1

2

3

आफ्नो कार्यकाल अवधिभर मध्यपश्चिम क्षेत्रको खेलकुदका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । यस्तै ओलम्पिक कमिटिका कोषाध्यक्ष टण्डनले मध्यपश्चिम क्षेत्रको खेलकुदको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राखे । पर्याप्त पुर्वाधार विना पनि मध्यपश्चिम क्षेत्रले विगतमा ओलम्पियन खेलाडी जन्माएको स्मरण गर्दै उनले पछिल्लो समयमा खेलकुदको स्तर घट्दै गएकोमा चिन्ता व्यक्त गरे । नेपालगन्ज निवासी टण्डनले भने, ‘यो क्षेत्रमा खेलकुदको स्तर किन घट्दै गइरहेको छ, यस विषयमा सबैले गम्भिर भएर सोच्न आवश्यक छ ।’ सो अवसरमा बोल्दै मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले नयाँ ढंगले यस क्षेत्रको खेलकुदको विकासमा अगाडी बढेको बताए । ‘विगतका कमि कमजोरीलाई बिर्सेर अब नयाँ ढंगले खेलकुदको विकासमा सबै एकजुट हुन आवश्यक छ,’ उनले भने । कार्यक्रममा मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष नरेन्द्र थापाले स्वागत मन्तव्य गरेका थिए । कार्यक्रम पश्चात रंगशालामा रहेका विभिन्न खेलकुद पुर्वाधारको अवलोकन गरिएको थियो ।

Womui
Womui