मोष्ट वान्टेड सूचीमा रहेका ‘धर्मासिंह’ बाँके प्रहरीको फन्दामा

219
मोष्ट वान्टेडको सूचीमा रहेका फरार राजेश यादव उर्फ ‘धर्मासिंह’लाई सार्वजनिक गरिँदै ।

नेपालगन्ज–  बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका राजेश यादव उर्फ ‘धर्मासिंह’ प्रहरीको फन्दामा परेका छन् । पक्राउ परेका ‘धर्मासिंह’ माथि ५ जनाको हत्यालगायत ९ वटा मुद्दा रहेको छ । ‘धर्मासिंह’ बिरुद्ध अपहरण गरेर हत्या गरेको, करणी गरी हत्या गरेको, कर्तब्य ज्यान, बम विष्फोट, हात हतियारलगायतका ९ वटा मुद्दा रहेका छन् ।

प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका ‘धर्मसिंह’ लामो समय भारतमा लुकिछिपी बस्दै आएका थिए । उनी भारतबाट साबिक बनकट्टी गाविस वडा नम्बर ५ हाल डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित घरमा लकडाउनको मौका छोपेर आएकोबेला मंगलबार प्रहरीले पक्राउ गरेको हो । डुडुवा गाउँपालिका वडा नम्बर ५ बाट उनलाई १ थान तरबार र १ थान चक्कु्सहित प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।

Womui
Womui