तरुण दल कोहलपुर नगर समितिले बुझायो ९ बुँदे ज्ञापन पत्र

440

कोहलपुर, असार १०-
विभिन्न माग राख्दै नेपाल तरुण दल कोहलपुर नगर समितिले ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतलाई ज्ञापन पत्र बुझाइएको हो । कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम र बजेटमा माग समेट्न तरुण दल नगर सभापति हरिसिंह कठायतले ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।

तरुण दलको ज्ञापन पत्रमा हाल कोभिड १९ का कारण विभिन्न देशबाट फर्किएका दक्ष जनशक्तिलाई रोजगारी हुने खालको उत्पादन मुलक कार्यको योजना तर्जुमा सहित बजेटको ब्यवस्था गर्नुपर्ने, कोभिड १९ बाट प्रभावित समुदायका लागि पिसिआरको माध्यमबाट स्वास्थ्य परिक्षणको ब्यवस्था र राम्रो आइसोलेसन, भेन्टिलेटरको ब्यवस्थाका साथै पोषणयुक्त खानाको ब्यवस्था गर्नुपर्ने, क्वारिन्टिनमा बसेका ब्यक्तिलाई विश्व स्वास्थ्य संगठनको नियम अनुसार ब्यवस्थित गर्नुपर्ने लगायत ९ बुँदे रहेको छ । तरुण दल कोहलपुर नगर समितिले पटक पटक कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै आएको छ ।

Womui
Womui