ट्याक्टर नदीमा खस्दा एकको मृत्यु, एक बेपत्ता

180

बाँके(राप्तीसोनारी)– राप्तीसोनारी गाउँपालिका अगैयास्थित सिक्टा सिँचाइको बाँधमा सोमबार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । दुर्घटनामा बेपत्ता चूर्णबहादुर थारुको शव फेला परेपनि अझै एकजनाको शव नभेटिएको हो । अगैया पुलबाट सोमबार दिउँसो सवा एक बजेतिर ट्याक्टर नदीमा खसेको थियो ।

दुर्घटनामा ट्याक्टरमा सवार ३ जनमध्ये दुईजना नदीमा बेपत्ता भएका थिए । ट्याक्टरमा सवार राप्तीसोनारी जरुवाका १९ वर्षीय ऋषि विक भने आफै पौडी खेलेर निस्किएका थिए । भने नदीमा बेपत्ता राप्ती सोनारी ३ भगौतिपुरका १७ वर्षीय सुनिल थारु अझै फेला परेका छैनन् । अगैया पुलबाट १०० मिटर तल राप्ती नदीमा ना७त५१८ नम्बरको ट्याक्टर अनियन्त्रित भई खस्दा चालकसहित २ जना बेपत्ता भएका थिए ।

Womui
Womui