५ विदेशी नागरिक भए देश निकाला

225

काठमाडौं- सरकारले ५ विदेशी नागरिकलाई देश निकाला गरेको छ । सरकारविरुद्ध प्रदर्शनमा उत्रेका उनीहरुलाई अध्यागमन विभागले देश निकाला गरेको हो । उनीहरुलाई २ वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी देश निकाला गरिएको हो ।

माइतीघरबाट पक्राउ परेका ६ जनामा तीनजना चिनियाँ नागरिक, दुई अमेरिकन नागरिक र एक नर्वेजियन रहेका छन् । नेपाली नागरिकसँग विवाह गरी वैवाहिक भिसा लिएका कारण नर्वेजियन नागरिकलाई भने पाँच हजार जरिवाना तिराइएको अध्यागमन विभागले जनाएको छ ।

Womui
Womui