प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विश्व बैंकको १३ अर्ब ऋण

76

छिनछिन खबर
काठमाडौं– विश्व बैंकले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि नेपाललाई १३ अर्ब सहुलियत ऋण दिएको छ ।


अर्थ मन्त्रालयमा ‘युवा रोजगारीको लागि रुपान्तरण पहल परियोजना’को लागि १३ अर्ब ६३ करोड ऋण सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत यो सहुलियत पूर्ण ऋण दुई काममा खर्च हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

रोजगार व्यवस्थापन सूचना प्रणालीको विकास गर्न यो ऋण प्रयोग गरिने बताइएको छ । जुन रकम ७ सय ५३ वटै स्थानीय तहमा बेरोजगार तथ्याङ्क संकलन तथा त्यसको लागि सूचना प्रणालीको विकास गर्न खर्च हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएका बेरोजगार युवालाई एक सय दिन काम गरेको तलब पनि सोही ऋणबाट दिइने बताइएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि ५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Womui
Womui