सत्तारुढ दलका उम्मेदवारको घरमा बम विस्फोट

40

छिनछिन खबर
महोत्तरी –निर्वाचनको दुई दिन अघि उम्मेदवारको घरमा बम विस्फोट गराइएको छ । महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको हो । महोत्तरीको पिपरा गाउँपालिकामा हुन लागेको उपनिर्वाचनका उम्मेदवार विक्रम चौधरीको घरमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपाबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार चौधरीको घरमा बम विस्फोट भएको हो । विस्फोटबाट कुनै मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बम विस्फोट भएको स्थानमै चौधरीले चुनावी प्रचार–प्रसार र व्यवस्थापनका लागि कार्यालय समेत संचालन गरेका थिए । विस्फोटबाट घरको शौचालयको ढोका र पर्खालमा क्षति पुगेको छ । मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

Womui
Womui