यी पाँच कुरा कसैलाई पनि नभन्नुस्

120

काठमाडौं– हरेक व्यक्तिका जीवनमा रहस्य हुन्छन् । त्यस्ता रहस्य सकभर गोप्य राखेको राम्रो । यदि सबै रहस्यालाई गोप्य राख्न सकिएन भने पनि यी पाँच कुरा भुलेर कसैलाई नभन्नुस्ः

१. उमेर
आफूलाई जवान देखाउनका लागि धेरैले आफ्नो उमेर सही बताउँदैनन् । यसो गर्नु आफ्ना लागि भने फाइदाजनक हुन्छ । किनकि आफ्नो उमेर अरुलाई नभन्दा आफ्नो उत्साहमा कमी आउँदैन ।

२. गुप्त दान
शास्त्रका अनुसार गोप्य दानको जसले गोप्य दान गरेको हुन्छ, उसलाई अक्षय पुण्यका साथ भगवानको आशीर्वाद मिल्छ । त्यसकारण गोप्य दानका बारेमा कसैलाई भन्नु हुँदैन ।

३. श्रीमान र श्रीमतीबीचको कुरा
श्रीमान र श्रीमतीबीचको विवादको कुरा कसैलाई पनि भन्नु हुन्न । यदि भन्नुभयो भने त्यो कुराको फाइदा अरुले उठाउने मौका पाउँछन् ।

४. गुरु मन्त्र
यदि तपाईंले आफ्नो गुरुबाट कुनै मन्त्र लिनुभएको छ भने त्यसलाई गोप्य नै राख्नुपर्छ, किनकि गुरुमन्त्रको अर्थ तब मात्रै सार्थक हुन्छ, जब त्यसलाई अरुबाट लुकाएर राख्न सकिन्छ ।

५. औषधि
आफूले प्रयोग गर्ने औषधिका बारेमा अरुलाई भन्नु हुँदैन । यसले फाइदा आफैंलाई हुन्छ । साथै, औषधिलाई घाममा पनि राख्नु हुँदैन । एजेन्सी

Womui
Womui