प्रचन्डलाई शक्तिशाली बनाउने कसरतमा वामदेव गौतम

130

छिनछिन खबर
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गरी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डललाई शक्तिशाली बनाउने कसरतमा लागेका छन् । प्रचन्डलाई शक्तिशाली बनाउने प्रस्ताव गौतमले पार्टीको सचिवालय बैठकमा राखिसकेका छन् । एक व्यक्ति एक जिम्मेवारीको अवधारणा लागू गर्नु पर्नेमा जोड दिँदै पार्टी अध्यक्षको कार्यकारी भूमिका प्रचन्डलाई दिनुपर्ने उनको माग छ । गौतमले प्रधानमन्त्री ओलीले सफलतापूर्वक भूमिका निर्वाह गर्न नसकेको समेत आरोप लगाएका छन् ।


उनले पार्टी विधानविपरित चलेकोमा पनि आपत्ति जनाएका छन् । गौतमले अहिलेकै पारामा सरकार र पार्टी चल्ने हो भने आगामी निर्वाचनमा नेकपालाई गम्भीर संकट पर्ने प्रक्षेपण गरेका छन् । पार्टीको नेतृत्व प्रचन्डलाई मात्र दिने त्यस्तो प्रस्तावप्रति निर्णय भने भएको छैन । यद्यपि अन्य नेताहरूले समेत गौतमको प्रस्तावलाई साथ दिने सम्भावना बढ्दै गएको एक नेताले छिनछिन खबरलाई बताए ।

Womui
Womui